‘नेपाल बन्द’ स्थगित

|

काठमाण्डौ / नागरिक उन्मुक्ति पार्टीले भोली ६–१० जेठसम्म आह्वान गरेको ‘नेपाल बन्द’ स्थगित गरेको छ । नागरिक उन्मुक्ति पार्टीका बरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले शुक्रवार विज्ञप्ति जारी गरि सरकारसँग भएको बार्ता र छलफल सकारात्मक भएकोले नेपाल बन्द कार्यक्रम हालका लागि स्थगित गरिएको जनाएका छन् ।

‘सदनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ज्यूले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने, फौजदारी विधेयक संसदमा पेस भइसकेको लगायत अन्य राजवन्दीको रिहाई कानून संसोधन गरि बाहिर निकाल्ने प्रतिवद्धता जनाएकोले हालका लागि नेपाल बन्द स्थगित गरिएको छ,’ पण्डितले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

२०८० जेष्ठ ५, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।