
हुम्ला । “बालबालिका जन्मेको ३५ दिन भित्र जन्मदर्ता गराऔं । पञ्जिकरणको काममा कोहि पछि नपरौं” भन्ने मूल नाराका साथ विकट हिमाली जिल्ला हुम्लाको ३ वटा गाँउपालिकामा जन्मदर्ता अभियान सम्पन्न भएको छ । अभियान जिल्लाको सिमिकोट गाँउपालिका अन्र्तगत वार्ड नं. ०२ ठेहे, खार्पुनाथ गाँउपालिका वार्ड नं. ०३ राया र सर्केगाड गाँउपालिका वार्ड नं. ०१ जैरमा आयोजना गरिएको थियो । हुम्ला गाँउपालिका तथा वडा कार्यलयको समन्वयमा बिद्यालय स्तरिय बालक्लब र बिद्यालय संगको सहकार्यमा वडाका टोल–टोलमा पुगी आवश्यक परामर्श प्रदान गर्दै अभियान सञ्चालन गरिएको थियो । तीनवटा फरक–फरक स्थानमा भएको ¥यालिमा वडाका जनप्रतिनीधि, महिला, बुद्धिजीवि, शिक्षक, अभिभावक, बालक्लब एबं बिद्यार्थीहरुको उत्साहजनक सहभागीता रहेको थियो ।
उक्त ¥यालिमा क्रमश सिमिकोट गाँउपालिका वार्ड नं. ०२ ठेहमा ६१, खार्पुनाथ गाँउपालिका वार्ड नं. ०३ रायामा ६५ र सर्केगाड गाँउपालिका वार्ड नं. ०१ जैरमा ९१ गरी कुल २७१ जना प्रत्यक्ष रुपमा सहभागी भएका थिए । सर्केगाड गाँउपालिका वार्ड नं. ०१ जैरकी कार्यबहाक अध्यक्ष एंव वडा महिला दलित सदस्य बाचुँकला रावल भन्नुहुन्छ “सुचना तथा संचारको सुविधा र पहुँच बाट टाढा रहेको यस दुर्गम गाँउवस्तिका समुदायमा जनचेतना फैलाउने उद्वेश्यले आयोजना गरिएको यो अभियान निकै प्रभाबकारी र अति आबश्यक रहेको छ ।”
उक्त अभियान गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग, किर्डाक नेपाल हुम्लाको आयोजना तथा गाँपालिकाको समन्वयमा भएको हो । स्थानिय श्रोत र साधनको भरपुर मात्रामा प्रयोग गरी ब्यानर, पिलेकार्ड तथा जनचेतनामूलक नारा सहित अगाडी बढेको ¥यालीले सुचना, जनचेतना तथा जानकारी समुदायको घरदैलो सम्म पु¥याएको कुरा गुड नेवर्स इन्टरनेशनल नेपालका प्रायोजन सेवा तथा बाल संरक्षण अधिकृत हिमाल पहरीले बताउनु भयो । अभियान पश्चात समुदायमा रहेका तथा जन्मिने प्रत्येक बालबालिकाले जन्मसिद्घ अधिकार अन्र्तगत प्राप्त गर्नु पर्ने जन्मदर्ता तत्काल प्राप्त गर्ने र आगामी दिनमा कोहि पनि बालबालिका यस बाट बञ्चित हुन नपर्ने अपेक्षा गरिएको छ ।