सिकाई किओस्कलाई प्रभावकारी बनाउन समझदारी पत्रमा हस्ताक्षर

|

बारबर्दिया /  बालबालिकाको सिकाई अवसरलाई विविधिकरण गरी सिकाई उपलब्धिमा सुधार ल्याउनको लागि परियोजनाले शिक्षण सिकाई प्रक्रियामा प्रविधिको प्रयोगलाई प्रर्वद्धन गरिरहेको छ । यस सिकाई परियोजना अन्र्तगत सिकाई किओस्क (Learning Kiosk)  स्थापना, कार्यान्वयन, अनुगमन तथा दिगोपनलाई प्रभावकारी बनाउनको लागि यस समझदारीमा उल्लेखित जिम्मेवारी निर्वाह गर्ने गरी प्लान ईन्टरनेशनल नेपालका क्षेत्रिय प्रबन्धक मिना पराजुली र श्री सरस्वती माध्यमिक विद्यालय, बारबर्दिया–०१, जमुनिया, बर्दियाका बिधालय ब्यबस्थापन समितीका अध्यक्ष सन्तराम थारु बिच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
प्लान ईन्टरनेशनल नेपाल र समाज कल्याण परिषद् बिच सम्झौता भएअनुरुप बाल–केन्द्रित सामुदायिक विकास अन्तरगत सिकाई परियोजना बर्दिया जिल्लामा सञ्चालन भईरहेको छ । यस परियोजनाले बर्दिया जिल्लाका स्थानीय तहसँगको समन्वयमा समावेशी तथा लैंगिक रुपान्तरणमुखी गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्न सहयोग गरिरहेको छ । लैङ्गिक रुपान्तरमुखी पद्धतिले बालिका तथा किशोरीहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि सहयोग गदै आइरेको र बालबालिकाको सिकाई अवसरलाई विविधिकरण गरी सिकाई उपलब्धिमा सुधार ल्याउनको लागि परियोजनाले बिभिन्न माध्यामबाट शिक्षण सिकाई प्रक्रियामा प्रविधिको प्रयोगलाई प्रर्वद्धन गरिरहेको छ । यस सिकाई परियोजना अन्र्तगत सिकाई किओस्क स्थापना, कार्यान्वयन, अनुगमन तथा दिगोपनलाई प्रभावकारी बनाउनको समझदारी पत्रको समयावधि मिति २८ पौष २०७९ देखि जेष्ठ २०८२ सम्म गरि न्युनतम दुुई शैक्षिक सत्रको हुनेछ । यस अन्तर्गत शैक्षिक शत्र–२०८० शुरुवात हुनुपूूर्व सिकाइ किओस्कका पूूर्वाधार स्थापना, अभिमुखिकरण तथा अन्य आवश्यक तयारीका कार्यहरु सम्पन्न गरिनेछ भने शैक्षिक सत्र–२०८० को कक्षा संचालन सँगै सिकाई किओस्कलाई बालबालिकाको पहुँचमा पु¥याइने गरि समझदारि पत्रमा हस्ताक्षर भएको कार्यक्रमममा बारबर्दिया नगरपालीका उपप्रमुख रत्न कुमारी पाण्डे, वडा नं १ का वडा अध्यक्ष,शिक्षा युवा खेलकुद शाखा का प्रतिनिधि, बिधालय ब्यबस्थापन समितीका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी शिक्षक तथा प्लान इन्टरनेशनल नेपालका कर्मचारिहरुको सहभागीता रहेको थियो । समझदारि पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्ने बक्ताहरुमा यसको प्रयोग सदुपयोग मर्मत सम्भार सहिको कार्ययोजना तथा सबै बालबालीकाहरुमा यसको पहुच तथा सहभागीता हुनुपर्ने बताएका छन् । यसलाई अन्य बिधालयमा पनि पालीकाले बिस्तार गुर्नपर्ने बताएका छन् ।

२०८० बैशाख १३, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।