स्थानीय तहको योजना तर्जुमा सम्बन्धी अभिमुखिकरण सम्पन्न

|

सिमकोट(हुम्ला) २५ चैत्र। सिमकोट गाँउपालिकाका आठ वटै वडाका जनप्रतिनिधि र सचिवहरुकालागी स्थानीय तहको योजना तर्जुमा प्रक्रिया सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सिमकोट गाँउपालिकाको आयोजना र स्थानीय पुर्वाधार सहयोग कार्यक्रम, कर्णाली पाइलट परियोजनाको प्राविधिक सहयोगमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा सिमकोट गाँउपालिकाका आठ वटै वडाका वडा अध्यक्षहरु, वडा सदस्यहरु र वडा सचिवहरु र कार्यपालिका सदस्यहरु गरि ५३ जनाको सहभागीता रहेको थियो ।

उक्त कार्यक्रमको उदघाटन सिमकोट गाँउपालिकाका अध्यक्ष विजय भण्डारीले कार्यक्रमको ब्यानर वाचन मार्फत कार्यक्रमको औपचारिक उद्घाटन गर्नु भएको थियो । कार्यक्रमको उदघाटन सत्रमा अध्यक्ष भण्डारीले सिमकोट गाँउपालिकाले आगामी वर्षमा आवधिक योजनाले लिएको लक्ष्य, रणनितिहरुलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न महत्वपुर्ण रहेको त्यसका लागी वस्ती स्तरवाट आयोजना छनौट, आयोजनाहरुको प्राथमिकरण गर्नु महत्वपुर्ण कार्य रहेको बताउनु भयो । आगामी वर्षमा पनि योजना छनौट गर्दा प्रयाप्त नागरिकहरुको सहभागी मार्फत समावेशीरुपमा योजनाहरुको छनौट र प्राथमिकिकरण गर्न निर्देशन दिनु भयो ।
आयोजना तर्जुमा गर्दा सवै क्षेत्रको बुझाईमा एकरूपता कायम गर्न सहयोग पु¥याउने,नागरिक सहभागीताको सुनिश्चितता मार्फत समावेशी योजना तर्जुमा गर्न,स्थानीय तहका नीति, योजना, बजेट तथा कार्यक्रम प्रभावकारी ढङ्गले कार्यान्वयन, टोल स्तरवाट आयोजना संकलन र वडा स्तरमा प्राथमिकता निर्धारण, स्थानीय तहका सरकारका नीति, योजना, बजेट तथा कार्यक्रम बीच सामञ्जस्यता गर्न स्थानीय तहको क्षमता विकास मार्फत जवाफदेही, उत्तरदायी पारदर्शि जनमुखी स्थानीय सरकार बनाउनमा सहयोग गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।
अभिमुखीकरण कार्यक्रममा आवधिक योजना, विषय क्षेत्रगत योजना, मध्यमकालीन खर्च संरचना, वार्षिक नीति, कार्यक्रम तथा बजेट बीचको अन्तरसम्बन्ध अवधारणा, औजार र अभ्यास, स्थानीय तहको योजना तथा बजेट तर्जुमाका ७ चरणहरु, वडा तहमा परियोजनाको पहिचान तथा प्राथमिकता निर्धारण का विषयमा अभिमुखीकरण र सहभागी विच वडास्तरमा आयोजना÷कार्यक्रमको प्राथमिकता निर्धारण तथा छनौटको अभ्यास गरिएको थियो । कार्यक्रममा बजेट तथा कार्यक्रम तर्जुमा प्रक्रियाका विषयमा समेत अभिमुखीकरण गरिएको थियो ।
उक्त कार्यक्रमको सहजीकरण सिमकोट गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत उजीर रोकाया,स्थानीय पुर्वाधार सहयोग कार्यक्रम, कर्णाली पाइलट परियोजनावाट युन.एन.डि.पीका योजना तथा क्षमता विकास अधिकृत टेक बहादुर राना, सिमकोट गाँउपालिकाका योजना शाखा प्रमुख दलजित कार्की, प्राविधिक सल्लाहकार धिरेन्द्र शर्माले गर्नु भएको थियो ।
कार्यक्रमको समापन सिमकोट गाँउपालिकाका उपाध्यक्ष शुशिला रोकायाले गर्नु भएको थियो । समापन कार्यक्रममा वोल्दै वास्तविक योजना तथा कार्यक्रमलाई स्थानीय नागरिकहरुसंग छलफल मार्फत प्राथमिकरण गर्न जोड दिन भएको थियो ।

२०७९ चैत्र २५, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।