
जुम्ला / जुम्ला जिल्लाको हिमा गाउँपालिकामा एक दिने शिक्षा शाखा प्रमुख जालबिना शाही बनिन । मङ्सिर २१ गतेको गर्ल्स टेकओभर कार्यक्रममा ११ औ अन्तरास्ट्रिय बालिका दिवस २०२२ लक्षित गर्दै १६ दिने लैंगिक हिंसा विरुद्ध अभियानको अवसमा गरिएको एक कार्यक्रममा उनले शिक्षा शाखा प्रमुखको रुपमा काम गरिन ।
प्लान ईन्टरनेसन नेपालको आर्थिक सहयोग र आत्मसम्मानका लागि सहकार्य (क्याड) नेपाल जुम्लाको सहजीकरणमा सो कार्यक्रम संचालन गरिएको थियो ।
निर्णय तथा नेतृत्व परियोज नाअन्तर्गत समाजमा पछी पारिएका किशोरि, युवा र महिलाका मुद्दालाई समाबेश गराउन जुम्ला लगायत अन्य जिल्लाहरुमा पनि हाल यस्तै कार्यक्रमहरू सन्चालन हुँदै अएको छ ।
विद्यालयको घेरा भन्दा बाहिर रहेका बालबालिकालाई बिद्यालय प्रबेश गर्न सबैले सहयोग गर्नुपर्ने एक दिने शिक्षा शाखा प्रमुख बनेकी शाहीले जोड दिएकी छिन् ।