मधुवन नगरपालिकाको आ.ब. ०७८/०७९ को बार्षिक समिक्षा बैठक सम्पन्न

|

मधुवन(बर्दिया) / मधुवन नगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ को बार्षिक समिक्षा सम्पुर्ण सामाजिक सघंसस्थाहरुलाई बोलाएर सम्पन्न गरेको छ । बर्दिया जिल्लामा यसरी पालिका र सामाजिक सघंसंस्थासगै भएर आफना कार्यक्रमको समिक्षा भएको पहिलो पटक भएको हो ।

मधुवन नगरपालिकाका मेयर तेज बहादुर भाटको अध्यक्षतामा भएको बार्षिक समिक्षा कार्यक्रममा मधुवन नगरपालिकाका विषयगत सम्पुर्ण शाखाका प्रमुखले आफनो शाखाको बार्षिक कार्ययोजना समिक्षा गरेका छन् ।

सो कार्यक्रममा मधुवन नगरपालिकाका मेयर तेज बहादुर भाटले सामाजिक सघंसस्था विकासका साझेदार भएकोले स्थानीय तहसगँ समन्वय र सहकार्य गरेर अघि बढनु पर्नेमा जोड दिनु भयो । साथै उहाँले आफुले योजना गरेका कार्यक्रम समयमै सम्पन्न गर्नु पर्ने शाखा प्रमुखलाई सुझाव दिनुभयो । त्यसै गरि प्रमुख प्रशासकीय अधिकृत नोखीराम ओलीले पालिकामा कार्यरत सामाजिक संस्थालाई डुप्लीकेशन  नगर्न अनुरोध समेत गर्नुभयो ।

सो कार्यक्रममा भेरी वातावरणीय विशिष्टता समुह(बी–ग्रुप)का बाल विवाह न्युनीकरण परियोजनाका परियोजना प्रबन्धक जगदिश थापा, कार्यक्रम संयोजक सूर्य नपाली, स्याक नेपालका परियोजना संयोजक लक्ष्मी प्रसाद शर्मा, गेरुवा ग्रामिण जागरण सघका परियोजना संयोजक रामरुप कौशल, सोनाहा विकास मन्चका रत्न केसी लगायतले आ–आफना सस्थाको बाषिर्क समिक्षा प्रस्तुत गरेका थिए । सो बार्षिक समिक्षा कार्यक्रममा उपमेयर अनिता चौधरी, विषयगत शाखा प्रमुखहरु र वडा अध्यक्षहरुको पनि सहभागिता रहेको थियो ।

२०७९ श्रावण ८, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।