नयाँ थप ८ जनामा कोराना संक्रमित पुष्टी

|

बाँके / भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा आज नयाँ थप ८ जनामा कोभिड १९ संक्रमित भेटिएको पुष्टी भएको छ जसमध्ये एकजनाको मृत्यु भइसकेको छ । बाँके नेपालगञ्जका एकजना , खजुराका एकजना र नरैनापुरका एकजना त्यस्तै राजापुर बर्दियाका २ जना , बढैयातालका एकजना र दैलेखका एकजनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै लम्की कैलाली की ४३ बर्षिया महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा असार ३ गते उपचारको क्रममा मृत्यु भएको थियो , उनमा पनि कोरोना पुष्टी भएको छ ।

२०७७ असार ४, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।