नेपालगन्ज / पेसागत महासङ्घ बाँकेको पाँचौ जिल्ला अधिवेशनबाट ऋषिराम सापकोटा अध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन हुनुभएको छ । उपाध्यक्ष खुलामा अग्नि प्रसाद आचार्य, उपाध्यक्ष महिलामा खुमा थापा, सचिव धन बहादुर केसी , सह सचिव जनक प्रसाद धमाला, कोषाध्यक्षमा अमृत बहादुर बुढाथोकी,सदस्यहरू अनु राना,गोविन्द प्रसाद घिमिरे, जिबन केसी ,कमल केसी,अर्जुन कुमार खत्री, पदेन सदस्य देवीलाल चौलागाईं,रेखा धिताल, गोपाल बस्नेत सर्वसम्मत चयन हुनु भयको छ ।
अधिवेशनको उदघाटन समारोहको अध्यक्षता महासङ्घका अध्यक्ष हेमकुमार रावतले गर्नुभएको थियो भने प्रमुख अतिथि नेकपा एमाले बाँके जिल्ला अध्यक्ष किस्मत कुमार कक्षपति रहनु भएको थियो । प्रमुख अतिथि कक्षपतिले नयाँ समितिलाई वधाई तथा शुभकामना दिनुभएको थियो ।
महासङ्घ इन्चार्ज कृष्ण कुमार थापा, महासङ्घ केन्द्रीय सदस्य मानबहादुर थापा, ने रा शि सङ्गठन केन्द्रीय उपमहासचिव ऐकदेव पन्थी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । नया कार्यसमितिलाई चयनको लागि बामदेव सुवेदीको संयोजकत्वमा गणेश रिजाल र जयराम चौधरी सहितको अध्यक्ष मण्डल गठन भयको थियो ।






