बर्दिया । बढैयाताल गाउँ पालिका वडानं ९ मौरानीटोलका आसपासमा रहेका उपभोक्ताहरुलाई आवश्यक पर्ने उपभोग्य वस्तुहरु त्यस स्थानमा अन्य दैनिक रुपमा प्रयोगमा आउने खुद्रा पसलहरु कम भएको उक्त ठाउमा सरल र सहज तरिकाले दैनिक उपभोग्य सामानहरु उपलब्ध गराउने उद्देश्यले किराना पसल खुलेको छ । आर्थिक अवस्था कम्जोर भई छोराहरु लाई बिधालय पठाउन अप्ठेरो भईरहेको थियो । घरमा कमाउने मुख्य ब्यक्तिको बैदेशिक रोजगारीको शिलसिलामा भारतको चन्डीगढमा डेङ्गु रोगका कारण निधन भएको थियो । हालको अवस्थामा दैनिक गुजारा गर्न र छोराहरुलाई बिधालय पठाउन नस्क्ने अवस्थामा थियो । यसै सन्दर्भमा गरिव तथा पिछडियको पविारहरुलाई सहयोग गर्ने उद्देश्यले संचालन भएको प्रत्याभूत संचार कार्यक्रमअन्तर्गत मेरो परिवार प्रत्याभूत परिवार हो । मेरो छोराहरु के पढाई लगायत देनिक गुजारा गर्न सहयोग हुने उद्देश्यले प्लान इनटरनेशनल नेपालको प्रत्याभूत संचार परियोजनाले वडा कार्यालयको समन्वय तथा सहकार्यमा आयआर्जनका लागि किराना पसल गर्न सामाग्री सहयोग गरेको छ ।
किराना पसल गर्नका लागि स्याक नेपाल बाँकेका कार्य समिति पदाधिकारीले सामाग्री हस्तान्तरण गर्नु भएको थियो उक्त सामाग्री पाउँदा एकदमै खुसी भएको र आगामि दिनमा छोरा छोरीको पढाई छोडेर काममा जानुपर्ने बाध्यतावाट मूक्त भएको र स्याक नेपाल प्लान इन्टरनेसनललाई हार्दिक धन्यवाद धनसरी सुनारले भन्नु भयो । सामाग्री हस्तान्तरण कार्यक्रममा स्याक नेपाल बाँकेका प्रत्याभूत संचार कार्यक्रमका संयोजक शेषकान्त शर्मा, स्वम सेवक शिक्मत सुनार र कार्य समिति पदाधिकारी का साथै वडा सदस्यहरुको सहभागिता रहेको थियोे ।






