तामाङ कोपरेसन सोसाईटी अफ क्यालिफोर्नियाद्वारा समर पिकनिक कार्यक्रम सम्पन्न

|

क्यालिफोर्निया । अमेरिकामा बसोबास गर्ने तामाङ समुदायको संस्था “तामाङ कोपरेसन सोसाईटी अफ क्यालिफोर्निया यु एस ए” को आयोजनामा समर पिकनिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।


तामाङ कोपरेसन सोसाईटी अफ क्यालिफोर्निया अमेरिका तामाङ समुदायको मात्रै हैन हरेक नेपालीहरुको दुखमा साथ सहयोग गर्ने संस्था हो ।
२००९ मा स्थापना यो संस्था हामी हाम्रो भाषा,संस्कृति र रितिरिवाजको संरक्षणमा समेत सदैव अग्र भागमा खटिरहेको र आफ्नो धर्म , संस्कृतिके जगेर्ना गर्न एकताबध्द भैरहने संस्थाको अध्यक्ष शेर लामाले बताएका छन्।

संस्थाले प्रत्येक वर्ष सामाजिक क्षेत्रमा योगदान दिने ३ जन समाजसेवीलाई प्रदान गर्ने सम्मान् यो पटक समाजसेवी फुलम योञ्जन, पार्वती लामा र कल्पना तामाङ लाई प्रदान गरेका हुन्।


सो कार्यक्रममा संस्थाले सामुहिक पिकनिकको साथै कोभिड १९ को पेण्डामीक अवधिमा सामाजिक क्षेत्रमा योगदान दिने ३ जना व्यक्तिलाई सम्मान गरेका छन् र संस्थालाई यहांसम्म ल्याउन महत्वपुर्ण भुमिका खेल्नुहुने संस्थापक पक्षहरु विध्यासागर योन्जन, कुमार दोङ,ज्ञानदिप लामा,रतु लामा, राजेन्द्र पाख्रिन र बर्तमान अध्यक्ष, शेर लामा सहितलाई सम्मान गरिएको थियो।

सोही अबसरमा प्रेम दोङको नेतृत्वमा रहेको पुर्व कार्यसमितीलाई सम्मान गर्दै बिदाई समेत गरेको छन् ।

हाल शेर बाहदुर तामाङ र सुरज पाख्रिन को अध्यक्षता र महासचिवको नेतृत्वमा १५ जनाको कार्यसमितिको रहेको छ । संस्थाले प्रत्येक वर्षा यस्तै खाले कार्यक्रमको आयोजन गरि क्यालिफोर्नियााके बे एरियामा बसोबास गर्ने तामाङ तथा अन्य नेपाली समुदायको भेटघाट गर्दै नेपाली समुदायलाई एकबद्द गर्दै आईरहेको कुरा संस्थाको महासचिव सुरज पाख्रिनले बताए ।

र यस पिकनिक कार्यक्रममा साथ/सहयोग गर्ने र सहभागि हुनुहुने सम्पुर्ण समुदायको सदस्यहरुलाई अध्यक्ष शेर लामाले धन्यबाद ज्ञापन गरेका छन्।

२०७९ जेष्ठ २२, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।