बढैयातालको शान्तिपुरमा नेकपा एमालेको घरदैलो

|

बढैयाताल(बर्दिया) । बर्दिया जिल्लाको बढैयाताल गाउपालिकाको वडा नं.१ शान्तिपुर गाउँमा नेकपा एमालेका उम्मेदवार घरदैलो कार्यक्रममा पुगेका छन् । नेकपा एमालेका तर्फ बढैयाताल गाउँपालिका अध्यक्षका उम्मेदवार लाल बहादुर श्रेष्ठ, वडा नं.१ का वडा अध्यक्ष प्रेम बहादुर थापा क्षेत्री उम्मेदवार लगायत दर्जनौ नेता कार्यकर्ता शान्तिपुरमा घरदैलोमा पुगेर मतदानका लागि आग्रह गरिरहेका छन् ।

नेकपा एमालेको लहर निकै चलेको स्थानीय बासिन्दा बताउँछन् । बढैयाताल गाउपालिकाका गाउँ गाउमा जनताहरु सूर्यमा मतदान गर्न आतुर भएको सर्वसाधारणहरुले बताउन थालेका छन् ।

आज आइतबार बढैयाताल गाउँपालिकाका शान्तिपुर लगायत अधिकांश गाउमा घरदैलो अभियान गर्ने चुनाव प्रचारप्रसार समितिले जनाएको छ । बढैयाताल गाउँपालिका अध्यक्षका उम्मेदवार लाल बहादुर श्रेष्ठ पहिलो स्थानीय निर्वाचनमा पनि अध्यक्ष पदमा रहेर कार्य गरिसक्नु भएको छ ।

 

२०७९ बैशाख १८, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।