
काठमाडौं, १५ बैशाख । गायक प्रमोद खरेल सवार कार गए राति तुलसीपुरमा दुर्घटनामा परेर घाइते भएका छन् ।
गायक खरेल तुलसीपुरमा बुधबार साँझ हुने कार्यक्रमको लागि नेपालगञ्ज अवतरण गरेका थिए ।
सबै कार्यक्रम स्थगित गरेर उनी अस्पतालबाट सिधै काठमाडौं फर्केका छन् ।कार्यक्रम आयोजकले चलाएको कार राति १ बजे दुर्घटनामा परेको हो ।
कार दुर्घटना परेपछि बेहोस भएका खरेलको अस्पतालमा पुर्याएपछि करीब १ घण्टापछि होस आएको बताइएको छ ।