नरैनापुर पालिका स्तरीय क्रिकेट टुर्नामेन्ट सम्पन्न

|

नरैनापुर(बाँके) / नरैनापुर गाउँ पालिका स्तरीय क्रिकेट टुर्नामेन्ट २०७९ सम्पन्न भएको छ । नरैनापुर गाउँपालिकाको सहयोग तथा मानव समाज विकास मंच नरैनापुरको आयोजनामा संचालित नरैनापुर गाउँपालिका स्तरीय क्रिकेट टुर्नामेन्टमा जमुनी सुपर किंग क्रिकेट क्लब नरैनापुर –६ विजेता भएको छ ।
चार चार ओटा टीमको समूह विभाजन गरी नक आउट प्रणालीबाट खेल खेलाइएकोमा जमुनी सुपर किंग क्रिकेट क्लब नरैनापुर –६ र गौसिया क्रिकेट क्रिकेट क्लब नरैनापुर –५ मटेहियामा ,जमुनी विजयी , खलिफा नूर अहमद शाह क्रिकेट क्लब नरैनापुर –२ मियापुर्वा र रजा क्रिकेट क्लब नरैनापुर –१ कटकुइया बीच भएको प्रतिस्पर्धामा मियापुर्वा बिजयी भएको हो यस्तै अमजद नगर क्रिकेट क्लब नरैनापुर –२ र नरैनापुर कर्मचारी क्रिकेट क्लब नरैनापुर बीच भएको खेलमा नरैनापुर कर्मचारी क्रिकेट क्लब बिजयी भएको हो तेस्तै ख्वाजा गरिब नवाज क्रिकेट क्लब नरैनापुर –४ र बालापुर क्रिकेट क्लब नरैनापुर –३ बीच भएको खेलमा ख्वाजा गरिब नवाज क्रिकेट क्लब नरैनापुर –४ बिजयी भएको थियो ।

जमुनी सुपर किंग क्रिकेट क्लब नरैनापुर –६, खलिफा नूर अहमद शाह क्रिकेट क्लब नरैनापुर –२ मियापुर्वा , नरैनापुर कर्मचारी क्रिकेट क्लब नरैनापुर र ख्वाजा गरिब नवाज क्रिकेट क्लब नरैनापुर –४ सेमी फाइनलमा पुगेका थिए सेमी फाइनल पुगेका यी चार टीममा खलिफा नूर अहमद शाह क्रिकेट क्लब नरैनापुर –२ मियापुर्वा र नरैनापुर कर्मचारी क्रिकेट क्लब नरैनापुर बीच भएको १६ ओभरको खेलमा मियापुर्वा जीत हासिल गरी फाइनल प्रवेश गरेको थियो भने जमुनी सुपर किंग क्रिकेट क्लब नरैनापुर –६ र ख्वाजा गरिब नवाज क्रिकेट क्लब नरैनापुर –४ बीच भएको १६ ओभरको खेलमा जमुनी सुपर किंग क्रिकेट क्लब जीत हासिल गरी फाइनलमा प्रवेश गरेको थियो भने जमुनी सुपर किंग क्रिकेट क्लब र खलिफा नूर अहमद शाह क्रिकेट क्लब बीच भएको २० ओभरको फाईनल खेलमा जमुनीको कप्तानी नूर अहमद मुकेरीले र खलिफाको कप्तानी कलामुद्दीन खानले गरेका थिए । खलिफाका कलामुद्दीनले टस जीती फिल्डिंग रोज्दा ब्याटिंग गरेको जमुनी सुपरर्किंगले २०ओभरको खेलमा १०४ रन बनाई अलाउट भएको थियो भने जवाफी ब्याटिंगमा खलिफा नूर अहमद क्रिकेट क्लबले ९ ओभर खेल्दा ७ बिकेट गुमाइ ५२ रन मात्र बनायो आठौ बिकेट खस्दा ५४ रन मात्र बनाई खलिफा फिल्डबाट बाहिरिएको थियो भने फाइनल बिजेता जमुनी सुपर किंग क्रिकेट क्लबले रु २०००० र उप बिजेता खलिफा नूर अहमद क्रिकेट क्लबले रु १३५०० पुरस्कार जित्न सफल भएको हो ।
समापन शत्र मानव समाज विकास मंचका सचिव आरीफ अलि नाउको अध्यक्षता भएको पुरस्कार वितरण कार्यक्रममा नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह प्रमुख अतिथि, प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेत बिशिस्ट अतिथी , आर्थिक प्रशासन शाखा प्रमुख प्रकाश अधिकारी , जिन्शी प्रमुख भारत महतो, ने.रा. प्रस्तावित मा.वि.का अध्यक्ष अलि अहमद मुकेरी तथा प्र.अ. अफ्सर अलि मुकेरी लगायतको उपस्थिती थियो भने टुर्नामेन्टमा सिकन्दर अलि मुकेरी टुर्नामेन्ट संयोजक , कमेन्टटर रमजान अन्सारी अम्पाएर द्वय मुकद्दर अलि मुकेरी र सुजीत तिवारीले भूमिका निर्वाह गरेका थिए । कार्यक्रमको व्यवस्थापन , कमेन्टरी र संचालन अरुण कुमार यादवले गरेका थिए ।
यही ३ बैशाख २०७९ शनिबार सुरु भएको टुर्नामेन्टमा नरैनापुरका ८ ओटा क्रिकेट क्लबहरु सहभागी भएका थिए ।
१. जमुनी सुपर किंग क्रिकेट क्लब नरैनापुर –६ ,
२. गौसिया क्रिकेट क्रिकेट क्लब नरैनापुर –५ मटेहिया,
३. ख्वाजा गरिब नवाज क्रिकेट क्लब नरैनापुर –४ ,
४. बालापुर क्रिकेट क्लब नरैनापुर –३ ,
५. खलिफा नूर अहमद शाह क्रिकेट क्लब नरैनापुर –२ मियापुर्वा ,
६. रजा क्रिकेट क्लब नरैनापुर –१ कटकुइया ,
७. अमजद नगर क्रिकेट क्लब नरैनापुर –२
८. नरैनापुर कर्मचारी क्रिकेट क्लब नरैनापुर

 

२०७९ बैशाख ९, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।