बर्दिया । प्लान इन्टरनेशनल नेपाल तथा सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँके को साझेदारिमा संचालित बाँके र बर्दिया जिल्लाका ६ गरि ७ वटा पालीकाहरुका २५ वटा बिधालयमा परियोजना मार्फत बिभिन्न कृयाकलाप संचालन गर्दै आइ रहेको छ । तसर्थ मधुवन नगरपालीकाको वडा नं १ र २ मा पर्ने सुर्य आधारभुत बिधालय वडा नं २ र सरस्वती आधारभुत बिधालय वडा नं १को बिधालयको अनुगमन तथा शिक्षक बिधालय ब्यबस्थापन समिती तथा प्रधानाध्यापक संग अन्तरकृया गरिएको छ । प्लान इन्टरनेशनल नेपाल तथा सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँके बाट बिधालय तहमा शिक्षक तालिम नमुना कक्षाकोठा ब्यबस्थापनका लागी सामाग्री सहयोग, आइसिटि सहयोग हरु भएको थियो । बिधालयमा परियोजना संचालन पछि भएका असल अभ्यास तथा आगामी दिनमा परियोजनालाइ दिर्गकालीन रुपमा बिधालय स्थमा नियमित राख्नका लागी बिधालय का सरोकारवालाहरुको भुमिका तथा यसको प्रभावकारीताका बिषयमा समेट छलफल गरिएको छ । अनुगमन गरिएको सुर्य आधारभुत बिधालयका प्रधानाध्यपक श्री प्रशुराम चौधरीले बिधालय तहमा परियोजना संचालन पछिकक्षागत बिधाथि भर्ना सकरात्मक रुपमा बढेको,बा.बि. केन्द्र देखि कक्षा ३ सम्म कक्षा सबलिकरणले बालबालीकाको बालमैत्री कक्षाको कोठाको रुपमा निर्माण हुदा बालबालीकाहरुको नियमितता बढेको छ । परियोजना संचालन पछि बिधालयमा बालबालीकाहरुको निरन्तर विद्यार्थी मुल्याकंण प्रणाली लाई व्यवहारमा उतारेको छ ,बसाई सराई बाहेक अन्य कारणले कक्षा नछाड्ने कारण ढटेको बताउदै औषत उपस्थिति दरमा बृद्धि भएको जानकारी दिनुभयो । नेपाल तथा गणितमा बालबालीकाहरुले अक्षर हरफ शब्दको उच्चारण गर्न सक्ने बानीको बिकास गनूका साथै लैगिंक समानतालाई प्रोत्साहन गर्ने शिक्षकको व्यवहारमा परिर्वतन गर्न सफल भएको बताउनु भयो ।
अनुगमनका क्रममा मधुवन नगरपालीकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख नारायण प्रसाद खनालले बिगत ३ बर्ष देखि शिक्षा तथा खेलकुद शाखा संगको समन्वयकारी भुमिका निर्वाह गरि प्लान इन्टरनेशनल नेपाल तथा स्याक नेपाल बर्दियाले मधुवन नगरपालीकाको शिक्षामा गुणस्तिरीयता बढाउनमा सहयोग तथा हातेमालो गदै आइरहेको र परियोजना संचालन भएका बिधालयमा शैक्षिक गुणस्तिर बृद्दि भएको पाएको बताउदै सहयोगको दायरा अझ प्रभावकारी रुपमा लैजान र सबै बिधालयमा यसको कार्यान्वयनका लागी अपेक्षा गरेको बताउदै समन्वयर सहकार्यका लागी मधुवन नगरपालीका शिक्षा तथा खेलकुद शाखा तयार रहेको बताउनु भयो ।
अनुगमनमा शिक्षा तथा खेलकुद शाखा प्रमुख नारायण प्रसाद खनाल, सस्थाका कार्यसमिती सदस्य कैलाशमान श्रेष्ठ, परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्मा,सुपरभाइजर दशलाल चौधरी, रेनुचन्द लगायतको सहभागीता रहेको थियो ।






