
बक्स अफिस फिल्म क्लब नेपाल र बक्स अफिस इन्टरनेशनल ग्रुपको संयुक्त रुपमा सोमबार चलचित्र बिकास बोर्डमा आयोजना गरेको बक्स अफिस वर्ष समीक्षा कार्यक्रममा पल शाह र पुजा शर्मालाई यो अवार्ड प्रदान गरिएको हो ।
जबरजस्ती करणीको आरोपमा जेल जीवन बिताइरहेका शाहले सर्वोत्कृष्ट नायकको अवार्ड पाएका हुन् । चलचित्र विकास बोर्डमा आज बाँडिएको बक्स अफिस फिल्म अवार्डमा पल सर्वोत्कृष्ट नायकको अर्वाड प्रधान गरेको हो ।
यसैगरी कोरोना महामारीको समयमा पनि निर्माण भई प्रदर्शन भएका डेढ दर्जन फिल्मलाई सम्मानपत्र प्रदान गरियो ।
जसमा वर्षको उत्कृष्ट व्यावसायिक फिल्मतर्फ ‘म यस्तो गीत गाउँछु २’बाट निर्देशक सुर्दन थापा, अभिनेता पल शाह, अभिनेत्री पूजा शर्माले सर्वोत्कृष्ट नायिका को अवार्ड हात पारिन् ।
साथै सोही चलचित्रबाट सुदर्शन थापाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् ।