नरैनापुरमा आगलागी हुँदा १५ घर जलेर नष्ट

|

नेपालगञ्ज । बाँकेको नरैनापुरमा आगलागी हुँदा १५ घर जलेर नष्ट भएका छन् । वडा नम्बर ४ कृष्णनगर टोलमा आज दिउँसो साढे ३ बजे आगलागी हुँदा चार वटा बाख्रा पनि जलेर मरेका छन् ।

सशस्त्र प्रहरी बल नरैनापुर विओपी इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक नरेश बाठाका अनुसार करिब ५ बजे आगो नियन्त्रणमा ल्याइएको थियो । उजागर धोवीको घरबाट आगलागी शुरु भएपनि एकिन कारण थाहा हुन नसकेको प्रहरी निरीक्षक बाटाले बटाए । गाउँपालिकाको दमकल, स्थानीय, नरैनापुर विओपी, इलाका प्रहरी कार्यालय भगवानपुर र नरैनापुरको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको थियो ।

आगालीबाट करिब २० लाख बराबरको क्षती भएको प्रारम्भिक अनुमान गरिएको बाठाले बताए ।

२०७८ चैत्र २१, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।