नीलसागरको निमार्णाधीन कैलाश भवनका लागि महामहोत्सव हुदै

|

नेपालगन्ज । नीलसागर सेवाश्रमको केन्द्रीय आश्रम रहेको नेपालगन्जले धार्मिक महामहोत्सव आयोजना गर्ने भएको छ । नीलसागरको निमार्णाधीन कैलाश भवनका लागि महामहोत्सव आयोजना गर्न लागिएको नीलसागरले जनाएको छ । तीन वर्षअघि देखि नेपालगन्जमा निर्माण गर्न सुरु गरिएको नीलसागरको कैलाश भवन निर्माणमा बजेट अभाव भएका कारण महोत्सव आयोजना गर्न लागिएको सरिता नीलसागरले बताएकी छिन् ।

नीलसागरले शुक्रबार नेपालगन्ज पत्रकार सम्मेलन गरेर महोत्सवका बारेमा जानकारी दिएको हो । महोत्सव चैत २७ गतेदेखि बैशाख ४ गतेसम्म संचालन रहने छ । नेपालगन्जस्थित बाँके गाउँमा रहेको रामलिला मैदानमा महोत्सवको आयोजना गरिने निलसागरले जनाएको छ । नीलसागर नेपालगन्जले हाल ५० हजार भाडा तिरेर सय बढी आमा बुवाहरुको हेरचाह गरिरहेको छ । तर हालको भाडाको भवन वृद्धवृद्धाका लागि उपयुक्त नभएले आफ्नै भवन बनाउन नीलसागरले पहल सुरु गरेको थियो । भवन निर्माणको काम सुरु भएता पनि रकम अभावले हाल सो काम स्थगित जस्तै बनेको छ । नीलसागरकी सरिता महोत्सवबाट रकम संकलन गरी भवन निर्माण गर्ने उद्देश्य रहेको बताउँछिन् । उनीले पत्रकार सम्मेलनमा महोत्सवमा दान दिनमात्रै नभएर कथा प्रवचन सुनिदिनमात्रै भए पनि सबैलाई उपस्थित भई दिन आग्रह गरिन् ।

करिब ३०० जना बुद्धबृद्धा तथा बालवालिकाहरु अट्न सक्ने क्षमता भएको भवनका लागि महोत्सव गर्न लागेको अध्यक्ष सरिताले बताईन् । सडकमा बस्ने आमाबुवालाई आफ्नै घरमा बस्ने वातावरण मिलाउनलाई महोत्सव लगाउन लागेको उनले बताईन् । हाल निलसागरमा १५ जना कर्मचारी, ४५ जना बालवालिका गरि १५५ जना बृद्धबृद्धा रहेका छन् भने ३० कोठाको अत्याधुनिक डिजाईनमा निर्माण हुने भवनका लागि महोत्सव गर्न लागिएको हो । महोत्सवबाट करिव ९ करोड रकम संकलन गर्ने लक्ष्य रहेको अध्यक्ष सरिताले बताईन् । नीलसागरले महोत्सव अवधिको प्रत्येक दिन ७ बजेदेखि पूजापाठ, यज्ञ प्रारम्भ गर्नेछ । त्यस्तै महोत्सवमा प्रत्येक दिन बिहान १० बजेदेखि राष्ट्रिय कलाकारबाट संगितमय कथा प्रवचन तथा विशेष झाँकी र प्रत्येक दिन रात्री ७ बजेदेखि १० बजेसम्म कलाकारद्वारा किर्तन, भजन कथा वाचन, झाँकी प्रस्तुत गरिने छ ।

२०७८ चैत्र १८, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।