नेपालगन्ज। राष्ट्रिय भुमि समस्या समाधान आयोग बाँकेको अध्यक्षमा श्रवण कुमार यादव नियुक्त हुनुभएको छ ।
जनता समाजवादी पार्टी नेपालको नेपालगंजका नगर अध्यक्ष समेत रहनुभएका यादवलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बाँकेको अध्यक्षमा नियुक्त गरेको हो ।
नेपाल सरकार मन्त्रीपरिषदको २०७८ चैत्र १७ गतेको निर्णय अनुसार राष्ट्रिय भूमि आयोग बाँकेको अध्यक्षमा चयन गरिएको एक सूचना जारी गरेर मन्त्रालयले जनाएको छ ।
१७ गते जारी गरिएको पत्रानुसार राष्ट्रिय भूमि गठन आदेश २०७८ को दफा ८ को उपदफा १ को खण्ड (क) बमोजिम राष्ट्रिय भूमि आयोग बाँकेको अध्यक्षमा चयन गरिएको उल्लेख छ ।






