तमू ह्युल छोंज धी बाँकेमा भिम गुरुङ्ग सर्वसम्मत रुपमा चयन

|

नेपालगन्ज (बाँके) / तमू ह्युल छोंज धी (गुरुङ्ग राष्ट्रिय परिषद) बाँके जिल्ला कार्य समितिको सातौं जिल्ला अधिवेशनबाट नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन भएको छ । भिम गुरुङ्गको अध्यक्षतामा १५ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन भएको छ । उपाध्यक्षमा अनिता गुरुङ्ग र शेर बहादुर गुरुङ्ग सचिवमा सोम गुरुङ्ग, संगठन सचिवमा प्रेम गुरुङ्ग, प्रचार सचिव कमल गुरुङ्ग, कोषाध्यक्षमा बिमला गुरुङ्ग, सह–कोषाध्यक्षमा मनोज गुरुङ्ग र सस्यहरुमा हुम गुरुङ्ग, पदम गुरुङ्ग,हेमा गुरुङ्ग,चन्द्रदेवी गुरुङ्ग,मिलन गुरुङ्ग,लक्ष्मी गुरुङ्ग,धनसरी गुरुङ्ग चयन भएका छन् ।

तमू ह्युल छोंज धी (गुरुङ्ग राष्ट्रिय परिषद) लुम्बिनी प्रदेशका अध्यक्ष खुम बहादुर गुरुङ्गको प्रमुख आतिथ्यतामा सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
सो कार्यक्रममा बोल्नु हुदै आदिवासीको हक हित र भाषा र संस्कृति जर्गेणा गर्न एकजुट भई अभि बढनु पर्नेमा जोड दिनुभयो । सो अधिवेशन तमू ह्युल छोंज धी (गुरुङ्ग राष्ट्रिय परिषद) बाँकेका अध्यक्ष युग बहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको थियो ।

नव निवाचित पदाधिकारीलाई प्रमुख अतिथिले टिका सहित सपथ ग्रहण गराउनु भएको थियो । सो अधिवेशनको बन्द्र सत्रमा सचिव शोभा गुरुङ्गले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष बिमला गुरुङ्गले आर्थिक प्रतिवेदन समेत प्रस्तुत गर्नुभएको थियो ।

२०७८ चैत्र १२, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।