बढैयाताल(बर्दिया) / बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.३, सिमरामा आशिष चर्च एक कार्यक्रमको विच उद्घाट्न गरिएको छ । सो चर्चको उद्घाटन आशिष चर्चका अध्यक्ष एवं पास्टर सोनु बराईली, वडा नं. का वडा अध्यक्ष दुर्गा प्रसाद पराजुरी, कार्यपालिका सदस्य चन्द्रकला विकले संयुक्तमा रुपमा गर्नुभएको थियो ।

सो कार्यक्रममा नेपाली काग्रेसका राम बहादुर बोहरा, नेकपा समाजवादीका दिल बहादुर केसी, नेकपा एमाले जिल्ला सदस्य नेत्र सापकोटा, जिल्ला सदस्य लल्लन यादव, आशिष चर्चका सह–सचिव राजु बराईली, समाजसेवी कुल बहादुर विक लगायत स्थानीय बुद्धिजिबीहरुको सहभागिता रहेको थियो ।
सो चर्च ४ लाख लागतमा निर्माण सम्पन्न भएको थियो । सो चर्च निर्माण गर्नेहरुमा भौलागौढी ब्यापार संघंका अध्यक्ष शिव आर्चाय, लल्लन यादव,रविन्द्र रावल लगायत स्थानीय नागरिकहरुको रहेको कार्यपालिका सदस्य चन्द्रकला विकले जानकारी दिनुभयो ।






