क्यान्सर अस्पताल बिकास समितिको प्रवक्तामा यादव चयन

|

नेपालगञ्ज । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बिकास समिति,खजुराको प्रवक्तामा सूर्यलाल यादवलाई चयन गरिएको छ ।

क्यान्सर अस्पताल बिकास समितिको मंगलबार बसेको बैठकले समितिका सदस्य यादवलाई अस्पताल प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ ।

समितिका अध्यक्ष किशोर थापाको अध्यक्षमा बसेको बैठकले अस्पतालको संचालनलाई व्यवस्थापन गर्ने उद्देश्यसहित बिभिन्न निर्णय गरेको हो ।

बैठकले अस्पतालमा आउने बिरामीलाई सुलभ सेवा प्रदान गर्न एम आर आई खरिद गर्ने, थप भवन निर्माणका लागि माग गर्ने, सदस्यहरुलाई सेवा शुल्कमा सुबिधा प्रदान गर्ने, अस्पताल परिसरमा हाईमास्ट लाईट जडान गर्ने जस्ता निर्णय गरेको प्रवक्ता यादवले जानकारी दिनुभयो ।

यादवका अनुसार अस्पताल थुप्रै कुराहरुमा व्यवस्थापन गर्ने र नयाँ ट्रेण्डहरुहरु शुरु गर्न चाहिररहेको छ । पश्चिम नेपालकै क्यान्सर बिरामीहरुका लागि नयाँ गन्तव्य यो अस्पताल बनेको छ ।

२०७८ चैत्र १, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।