काठमाण्डौं । नेपाल युवा संस्था सञ्जाल (आयोन) को लुम्बिनी प्रादेशिक उपाध्यक्षमा बाँकेको युवा अभियान्ता आशिष बर्मा निर्वाचित हुनुभएको छ । काठमाण्डौमा सम्पन्न आयोनको ८ औं अधिवेशनबाट केन्द्रिय कार्यसमितिका लागि लुम्बिनी प्रादेशिक उपाध्यक्षमा बर्मा निर्विरोध निर्वाचित हुनुभएको हो ।
युवा अभियन्ता वर्मा जिल्ला युवा क्लव संजाल बाँकेको अध्यक्ष समेत हुनुहुन्छ । यस्तै आयोनको अध्यक्षमा बिकल राई निर्वाचित हुनुभएको छ । राईले २१ मत ल्याउनुभएको थियो । उहाँले आफ्ना दुई प्रतिद्धन्द्धी संजय कुमार कुशवाहा र सेबिता गौतमलाई पराजित गर्नुभएको हो । यसैगरी बरिष्ठ उपाध्यक्षमा चन्दन साह निर्वाचित हुनुभयो । उहाँले २३ मत ल्याउनुभयो । यस्तै महासचिवमा खिमानन्द देवकोटा, सचिवमा शर्मा निर्वाचित हुनुभएको हो । देवकोटाले २९२ शर्माले २५ मत ल्याउनुभएको थियो
प्रादेशिक उपाध्यक्षतर्फ बागमति प्रदेश उपाध्यक्षमा सन्तोष चौलागाई प्रदेश उपाध्यक्षमा मधुसुदन उपाध्याय, मधेश प्रदेश उपाध्यक्षमा धिरेन्द्र कुरमा चण्डल, गण्डकी प्रदेश उपाध्यक्षमा मिलन सिंह बस्नेत, कर्णाली प्रदेश उपाध्यक्षमा मिना शाही र सुदुरपश्चिम प्रदेश उपाध्यक्षमा सरोज कुमार जोशी निर्वाचित हुनुभएको छ । आयोनको केन्द्रीय अधिवेशनमा ४९ जना मतदाता रहेका थिए ।






