
वाशिंगटन डिसी स्थित नेपाली दुतावासले यन्त्रबाचक राहदानी (Machine Readable Passport) नवीकरणको सेवा बन्द गरिएको जनाएको छ । मार्च ३ ,२०२२ मा आफ्नो आधिकारिक संजालस्थल(वेबसाईट)मार्फत उक्त सूचना जारी गरेको छ ।
नेपालमा विद्युतीय राहदानी (e-Passport) जारी गर्ने कार्य शुरु भइसकेको सन्दर्भमा नेपाली राजदूतावास वाशिङ्गटन डि.सी. बाट पनि केही दिनमै e-Passport जारी गर्ने गरी आवश्यक पूर्वाधार तथा प्रणाली जडान गर्ने कार्य भइरहेकोले राजदूतावासमा स्वयम् उपस्थित भई गरिने प्रत्यक्षदर्ता (Live Enrolment) तथा हुलाकमार्फत् यन्त्रवाचक राहदानी (MRP)का लागि गरिने आवेदन मिति २०७८ फागुन २ ( शुक्रबार ,मार्च ४ ,२०२२ ) गते देखि लागू हुने गरी बन्द गरिएको जनाएको छ ।