बाँकेको खजुरा बजारमा प्रेसर कुकर बम फेला

|

खजुरा। बाँकेको खजुरा बजारमा प्रेसर कुकर बम फेला परेको छ । खजुरा गाउँपालिका वडा नं ३ स्थित पृथ्वी चोकमा आज बिहान स्थानीयले प्रेसर कुकर बम देखेका थिए ।

घट्नास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगिररहेको बाँकेको प्रहरी प्रवक्ता एव प्रहरी नायब उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

खजुरा बजारबाट ज्ञानोदाय बिद्यालय जाने चोकमा गत पुष २७ गते पृथ्वी जयन्तीका अवसरमा राप्रपाका नेता कार्यकताले पृथ्वी चोकको नामाकरण गरेका थिए ।

मंगलबार बिहान उक्त चोकमा बम देखिएको स्थानीयले बताएका छन् । बम भेटिएपछि चारैतिरबाट प्रहरीले मानिसको आवतजावत बन्द गरेको छ ।

२०७८ फाल्गुन १६, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।