सूर्या लाईफको अभिकर्ता पुनर्ताजकी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

|

कोहलपुर । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले आज नमस्ते भिलेज रिसोर्ट गनापुर बाँकेमा अभिकर्ता पुनर्ताजकी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
एक सहभागी अनिता गैरेले यस्ता कार्यक्रमहरु त्रैमासिक रुपमा भए अझ काममा उर्जा सधै कायम हुने र बीमा व्यवसाय वृद्धि हुने बताईन ।
कार्यक्रममा आर्थिक वर्ष २०७८/०७९ को माघ मसान्त सम्ममा उत्कृष्ठ व्यक्तीगत र टीमबाट व्यवसाय गरेकाहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बीमा व्यवसायको हालको अवस्था, बीमाका फाईदा, बीमाको बजारीकरण लगायत सूर्या लाईफ इन्स्योरेन्स
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का, पश्चिम मार्केटिङ्ग प्रमुख शैलेस कुमार श्रेष्ठ, एरिया शाखा प्रमुख रविन्द्र हमाल लगायतको उपस्थितीममा सम्पन्न भएको छ ।

कार्यक्रममा बाँके र बर्दियामा कार्य क्षेत्र बनाई काम गरिरहेका अभिकर्ता र एजेन्सी म्यानेजरहरुको सहभागिता भएको छ ।

२०७८ फाल्गुन १६, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।