बारबर्दियालाई बाल विवाह मुक्त पालिका बनाउने सरोकारवाला निकायको प्रतिबद्धता

|

बर्दिया / बर्दियाको बारबर्दिया नगरपालिकालाई २०८० भित्र बालविवाह मुक्त पालिका बनाउने कार्यक्रममा सहभागीहरुले प्रतिवद्धता जनाएका छन् । प्लान ईन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लवद्धारा संचालित बाल संरक्षण परियोजना अन्तर्गत संस्थाको आयोजना तथा पालिकाको समन्वयमा सम्पन्न तिन दिने बाल विवाह मुक्त अभियान संचालन निर्देशिका निर्माण कार्यशाला गोष्ठिका सहभागिले सो प्रतिवद्धता जनाएका हुन ।

सो कार्यक्रममा नगर उपप्रमुख अन्जु दहितले नगरपालिकाले संस्थाको सहयोगमा बाल संरक्षण निति, कार्यविधि र बालविवाह विरुद्ध रणनैतिक योजना तयार गरी कार्यान्वयन समेत गरिरहेको बताउनु भएको थियो । नगर उपप्रमुख अन्जु दहितको अध्यक्षतामा संचालित कार्याशाला गोष्ठीमा पालिकालाई बाल विवाह मुक्त घोषण गर्नका लागि निर्देशिका निर्माण गर्ने उद्देश्यले आयोजित गोष्ठीमा पालिकामा बाल विवाहको अवस्था, चुनौती, साथै घोषणा गर्नको लागि चाहिने आवश्यक मापदण्ड र सुचकको बारे व्यापक छलफल पनि गरेको छ ।

सो कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत महेन्द्र जंग शाही, ११ वटै वडाका वडा अध्यक्ष महिला तथा बालबालिका शाखा प्रमुख उषा पुन, स्वास्थ्य शाखा प्रमुख दिल्ली राज शर्मा, शिक्षा शाखा प्रमुख, प्रहरी प्रतिनिधि नगरप्रवक्ता लगाएतको उपस्थिति रहेको थियो । बाँके यूनेस्को क्लवले बाल परियोजना अन्र्तगत बर्दियाको ४ वटा पालिकालमा विभिन्न जनचेतना मुलक कार्यक्रम र निति बनाउने काम गर्दै आईरहेको बाँके युनेस्को क्लवका फिल्ड सुपर भाईजर जनक चौधरीले बताए । सो कार्यशाला गोष्ठीको सहजीकरण जगदिश थापाले गर्नु भएको थियो ।

२०७८ माघ ६, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।