काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमण दर तिब्र गतिमा बढेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार संक्रमित थपिएका छन्।
२२ हजार आठ सय २८ जनामा परीक्षण गर्दा १० हजार दुई सय ५८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
यस अवधिमा पाँच सय ६२ जना निको भई घर फर्किएका छन्। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक रहेको छ। नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको मन्त्रालयले जनाएको छ।






