नेपालगन्ज । बाँकेमा शनिबार एकैदिन ८५ जना नयाँ संक्रमित फेला परेका छन् । जिल्ला कोभिड ब्यवस्थापन केन्द्र बाँकेले शनिबार सार्वजनिक गरेको रिपोर्ट अनुसार भेरी अस्पतालको पिसिआर ल्याबमा ४४ जनाको पिसिआर परिक्षण गर्दा २८ जना ब्यक्तिमा कोरोना पुष्टी भएको हो ।
यस्तै मेडिकल कलेजको ल्याबमा ३४ जनाको परिक्षण गर्दा १६ जनामा संक्रमण देखिएको छ । यसैगरी बागेश्वरी ल्याबमा २५ जनाको परिक्षण गर्दा ९ जनामा संक्रमण देखिएको केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए । उनका अनुसार कुल १ सय ३ जनाको पिसिआर परिक्षण गर्दा ५३ जनामा संक्रमण देखिएको छ । यसमध्ये बाँकेका मात्रै २५ जना पुरुष र १४ जना महिला गरी ३९ जना संक्रमित रहेका छन् ।
यस्तै नेपाल-भारत सिमानाका जमुनाहा हेल्थ डेस्कमा शनिबार मात्रै ५ सय जनाको स्वास्थ्य परिक्षण गरिएको केन्द्रले जनाएको छ । उक्त डेस्कमा ३ सय १५ जनाको एन्टिजेन जाँच गर्दा ३२ जनामा कोरोना पोजेटिभ देखिएको केन्द्रले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ ।






