प्रेस चौतारी नेपाल बाँकेको अध्यक्षमा प्रज्वल श्रेष्ठको दावी

|

नेपालगन्ज / प्रेस चौतारी नेपाल जिल्ला कार्य समिति बाँकेको अध्यक्षमा प्रज्वल श्रेष्ठले दावी गरेका छन् । पुष २८ गते नेपालगन्जमा हुने नवौं जिल्ला अधिबेशनमा संचारकर्मी श्रेष्ठले अध्यक्षको पदमा आफनो दावी रहेको सामाजिक संजालमा पोष्ट गरेका छन् ।

पाल्पाको व्यवसायीक एफएम श्रीनगर एफएमबाट आफ्नो पत्रकारिता सुरुवात गरेका संचारकर्मी श्रेष्ठ बाँके जिल्लाको पहिलो रेडियो भेरी आवाज, बागेश्वरी टिभी हुँदै रेडियो बागेश्वरी एफएम नेपालगन्ज लामो समय कार्य गरेका थिए । करिव दुई दशक लामो समयसम्म पत्रकारिता गर्दै आएको अनुभव रहेको श्रेष्ठले प्रेस चौतारी नेपाल बाँकेको अध्यक्षमा आफ्नो उम्मेद्वारी रहेको दाबी गरेका छन् ।

समृद्ध नेपाल निर्माणका लागि सबल, श्रमजिबी पत्रकार प्रेस स्वतन्त्रता र व्यवसायीक पत्रकारिता प्रेस चौतारीको आधार भन्ने मुल नाराका साथ बुधवार नेपालगन्जको मेरो प्लानेटमा ९ औं अधिबेशन हुन गैरहेको प्रेस चौतारी नेपाल बाँके शाखाका सचिव कमल डाँगीले जानकारी दिए । दुई दशक पत्रकारिता क्षेत्रमा विताएका श्रेष्ठले अध्यक्षको उम्मेद्वारी दावी गरेको सामाजिक संजालमा पोष्ट गरेका छन् ।

२०७८ पुष २७, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।