
न्युयोर्कको ब्रोंक्समा १९ जनाको ज्यान जानेगरी भएको भीषण आगलागी विद्युतीय हिटरबाट सुरु भएको न्युयोर्क सिटीका फायर कमिश्नरले बताएका छन् ।
आगलागीका कारण मृत्यु हुनेमा ९ जना बालबालिकाहरु रहेका छन् । आगलागीमा ६३ जना घाइते भएका छन् । आगलागीपछि ३२ जनालाई अत्यन्तै गम्भिर अवस्थामा उपचारका लागि अस्पताल पठाइएको छ ।
१९ तलाको अपार्टमेन्ट भवनमा आइतबार विहान लागेको आगो नियन्त्रणका लागि २ सयभन्दा बढी अग्नी नियन्त्रकहरु पुगेका थिए ।
अपार्टमेन्टको ढोका खुला गरिएपछि धुँवा हरेक तलामा फैलिएको थियो । पीडितहरु हरेक तलाको भर्यांगमा भेटिएका थिए ।
मृत्यु हुने र बिरामी हुनेहरु अधिकांश धुँवाका कारण भएको बताईएको छ साथै बेडरुममा राखेको हिटरबाट दोश्रो र तेश्रो तलामा आगलागी सुरु भएको खुलासा छ ।