बाँके । बाँकेको राप्तिसोनारीमा बाघले मान्छे खाएको छ ।
राप्तीसोनारी वडा नम्बर ४ पर्सोना गाउँ कि ५२ बर्षिया लिला बिष्टलाई बिहीबार बाघले खाएको छ ।
मृतक विष्ट स्थानिय ३ जना महिलाहरु संगै घास काट्न जलहन सामुदायिक जंगलमा गएकी थिइन् । सोही समयमा बाघको आक्रमण बाट उनको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय धामपुरको प्रहरी टोली र स्थानीय बासिन्दाहरुले उक्त महिलाको रगत चुस्दै गरेको अवस्थामा फेला पारेका हुन ।
बाघले मान्छेहरुलाई देखेर पनि शवलाई नछोडेपछि प्रहरीले २ राउण्ड गोली फायर समेत गरेको हो।
इलाका प्रहरी कार्यालय धामपुरका प्रहरी इन्चार्ज प्रहरी नायव निरिक्षक मुकुन्द सिग्देलले भने एक राउण्ड गोली प्रहार गर्दा झम्टीन खोज्यो, दोस्रो राउण्ड गोली प्रहार गर्दा बाघ भागे पछि शव फेला पारियो ।






