बाँकेमा बाघको आक्रमणबाट एकजना घाइते

|

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–४ बैजापुरको नयाँबस्तीका दुर्गा थारु पाटे बाघको आक्रमणबाट जोगिएका छन् । बैजापुरको कोल्टेखोला जङ्गलमा पात टिप्न गएका थारुलाई बुधवार मध्यान्ह १२ बजेतिर पाटे बाघले झम्टेको र प्रतिकार गर्दा आफु बाँच्न सफल भएको बताए ।

बाघको प्रतिकार गर्दा उनको दुवै हातमा बाघले कोतरेको छ । शरीरका अन्य भागमा समेत घाउचोट लागेका थारुको बैजापुर स्थित राप्तीसोनारी अस्पतालमा प्राथमिक उपचार गरिएको छ ।

राप्तीसोनारी अस्पतालका चिकित्सक डाक्टर राम शाहका अनुसार बाघ आक्रमणबाट घाईते भएका थारुको अवस्था सामान्य रहेको छ । यसअघि पुष ३ गते जनसिद्धेश्वर बहुमुखी क्याम्पस फत्तेपुरका प्रमुख लोकमणी बटालालाई पनि बाघले आक्रमणको प्रयास गरेको थियो ।

२०७८ पुष २१, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।