एमालेको जिल्ला, प्रदेश अधिवेशन तयारीका लागि प्रदेशको बैठक सम्पन्न

|

काठमाडौं । नेकपा (एमाले) को पुस २३ गते आयोजना हुने जिल्ला अधिवेशनहरू र माघ ८ गते आयोजना हुने प्रदेश अधिवेशनहरूको तयारीका लागि सातवटै प्रदेश कमिटीका बैठकहरू सम्पन्न भएका छन् ।

पुस ४ गते दुई नम्बर प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश, पुस ५ गते लुम्बिनी प्रदेश, पुस ८ गते एक नम्बर प्रदेश र सुदूर पश्चिम प्रदेश तथा पुस ९ गते वागमती प्रदेश कमिटीका बैठकहरू सम्पन्न भएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

२०७८ पुष १०, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।