बर्दिया / बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ३ मा अवस्थित श्री भवानी माध्यामिक विद्यालय, सिमराका २२० जना दलित तथा अति विपन्न बिद्यार्थीलाई ३ लाख बराबरको न्यानो कपडा ट्रयाक शुट र झोला हस्तान्तरण गरिएको छ ।
वडा नम्बर ३ पुष्पनगरका समाजसेवी कुल बहादुर बिकको पहलमा ग्रेस कम्न्युटी नेपालका डाईरेक्टर शेर बहादुर बोहराले सहयोग सामाग्री उपलब्ध गराएका हुन् । विद्यालयमा एक औपचारिक कार्यक्रमको बीच प्रमुख अतिथि जिल्ला समन्वय समिति, बर्दियाका प्रमुख शंकर थारु, बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ, वडा नं. ३ का कार्य वाहक अध्यक्ष चन्द्र कला बिक, विद्यालयका प्र.अ. धर्म प्रसाद शर्मा, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिल बहादुर केसी र समाजसेवी कुल बहादुर बिकले वितरण गर्नुभएको थियो ।
आगामी दिनहरुमा पनि सो आफनो जन्मथलोमा सामाजिक कार्यहरु गर्ने समाजसेवी विकले बताए । सो विद्यालयमा विद्यार्थीहरुले न्यानो कपडा र झोला पाएपछि विद्यार्थी सगैं सम्पुर्ण विद्यालय परिवार तथा स्थानीयवासीहरु खुसी भएको कुल बहादुर विकले बताए ।
बिकले यस भन्दा सो क्षेत्रका विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण र खाने पानीको लागि धारा साथै पंखा पनि वितरण गरिसक्नु भएको छ ।






