बाँके र बर्दियाका अति विपन्न परिवारलाई न्यानो कपडा वितरण

|

नेपालगन्ज /  बाँकेको नरैनापुर, खजुरा गाउँपालिका र बर्दिया जिल्लाको बढैयातल गाउँपालिकाका अति विपन्न समुदायका ब्यक्तिलाई न्यानो कपडा तथा बलाङकेट वितरण गरिएको छ । दिगो बिकासको लागि सामाजिक अभियान, काठमाण्डौं र रबि हुड आर्मी नेपालको सहकार्यमा सो सामाग्री वितरण गरिएको थियो ।
खजुरा गाउँपालिकामा वडा नं.३ का वडा अध्यक्ष कान्तु राम गौतमको प्रमुखमा वितरण गरिएको थियो ।

सो वितरण समारोहमा दिगो बिकासको लागि सामाजिक अभियानका उपाध्यक्ष युवराज पोख्रेल, सचिव पुष्पा सुनार,समाज सेवी जीवनाथ सापकोटा,केदार गिरी,गगन विक, शिवराज देवकोटा, बिकास कोइराला, नर बहादुर खड्का र तुलाराम गिरि, उद्योग बाणिज्य संघ ,कोहलपुरका यादव बस्याल , डेरी एसोसियशनका सचिव सन्तोष राज पौडेल, नेपाल युवा परिषद, लुम्बिनी प्रदेशका संयोजक तथा पत्रकार सोम गुरुङको उपस्थितिमा खजुरा गाउँपालिका वडा नं ३ र ४ का अति विपन्न व्यक्तिहरुलाई कम्बल साथै न्यानो कपडा वितरण गरिएको थियो ।

यसै गरि बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकाका अति विपन्न परिवारलाई पनि आजै न्यानो कपडा र बलाङकेट वितरण गरिएको छ । बढैयाताल गाउँपालिकाका कार्यपालिका सदस्य चन्द्रकला विकले सहयोग गर्ने संस्थालाई धन्यवाद ब्यक्त गर्नुभएको थियो । आगामी दिनमा पपिन सहयोग र सहकार्य गर्नु हुन अनुरोध पनि गर्नु भयो ।

रविन हुड आर्मीका को–फाउण्डर ओजन पराजुली, सदस्यहरु ख्रीस्टिना गुरुङ, रिहाङ शाह, सुबाश भण्डारीको टोली समेत रहेको थियो । दिगो बिकासको लागि सामाजिक अभियान, काठमाण्डौं र रबि हुड आर्मी नेपालको सहकार्यमा परियोजना आाशा अन्तर्गत कपिलवस्तु, अर्घाखाची, बाँके बर्दिया र जुम्ला जिल्लामा सामाग्री वितरण गरिएको रविन हुड आर्मीका को–फाउण्डर ओजन पराजुलीले जानकारी दिनुभयो ।

२०७८ मंसिर १४, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।