
अमेरिकाको जर्जिया राज्यमा ३ जना स्वेतलाई अस्वेत अहमद आर्बेरीको गोली हानी हत्या गरेकोमा दोषी ठहर गरिएको छ । उक्त फैसला नोभेम्बर २४ बुधबारको दिन आएको हो ।
ट्राभिस म्याकमाइकलले आर्बेरीलाई फेब्रुअरी २३, २०२० मा दौडी रहेको समयमा गोली हानेका थिए। उनी र उनका बुबा, ग्रेग म्याकमाइकल र छिमेकी, विलियम “रोडी” ब्रायनले आर्बेरीलाई सानो खालको मालबाहक गाडी (पिकअप ट्रक)मा खेदेका थिए । त्यस पछि उनलाई गोली हानेका थिए ।
दुई दिनको करिब ९ घण्टाको छलफलपछि फैसला आएको हो । उनीहरुलाई गत बर्ष हत्या गरेको अभियोगमा दोषी पाईएको हो ।
ट्राभिस म्याकमाइकललाई सबै आरोपमा दोषी ठहराइएको छ । ग्रेगरी म्याकमाइकललाई द्वेषपूर्ण हत्याको आरोप बाहेक सबैको लागि दोषी ठहराइएको छ र ब्रायनलाई द्वेषपूर्ण हत्या र अपराधी हत्याको एक गणना बाहेक सबैको लागि दोषी ठहराइएको छ ।
ट्राभिस म्याकमाइकल, ग्रेग म्याकमाइकल र विलियम “रोडी” ब्रायनलाई जर्जियाको ब्रन्सविकका अहमद आर्बेरीलाई हत्या गरेको दोषी पाइएका छन् र विभिन्न संचार माध्यमहरुले आज ब्रेकिङ न्युजको रुपमा समाचार छापिएका छन् ।