कमला ह्यारिस बनिन कार्यवाहक राष्ट्रपति बन्ने पहिलो महिला

|

राष्ट्रपति जो बाइडनको नियमित स्वास्थ्य परीक्षण सुरु भएसँगै उपराष्ट्रपति कमला ह्यारिस छोटो समयका लागि राष्ट्रपतिको अधिकार प्राप्त गर्ने पहिलो अमेरिकी महिला बनेकी छन्।

बाइडनलाई नियमित कोलोनोस्कपीको परीक्षणका क्रममा शुक्रवार एनेस्थेसिया दिइएका बेला ८५ मिनेटका लागि ५७ वर्षकी ह्यारिसलाई राष्ट्रपतिका रूपमा अधिकार दिइएको थियो।

बाइडेन शनिबार ७९ वर्ष पुग्ने बाइडेन शुक्रबार बिहान वाल्टर रीड मेडिकल सेन्टर(चिकित्सा केन्द्र)मा पुगेका थिए र पदभार ग्रहण गरेपछि आफ्नो पहिलो नियमित वार्षिक शारीरिक उपचार गर्न पुगेका थिए।

अमेरिकी संविधानको २५ औं संशोधनको धारा ३ ले राष्ट्रपतिले प्रतिनिधि सभाको सभामुख र सिनेटको अस्थायी सभापतिलाई “आफ्नो कार्यालयको शक्ति र कर्तव्यहरू निर्वाह गर्न असमर्थ भएको घोषणा गर्न पत्र पठाउन सक्छ” भन्छ।

ह्यारिसलाई आधिकारिक रूपमा राष्ट्रपतिको अधिकार हस्तान्तरण गर्न बाइडेनले बेहोशीमा जानु अघि बिहान १०:१० बजे अमेरिकी पूर्वीय समयमा सभामुख न्यान्सी पेलोसी र भर्मोन्टका डेमोक्र्याटिक सेन प्याट्रिक लेहीलाई पत्र पठाएक थिए ।

२०७८ मंसिर ३, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।