एजेन्सी । पश्चिम अफ्रिकी मुलुक सियरा लिओनकाे राजधानी फ्रिटाउनमा इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या ९८ पुगेको छ । अरू ३० जनाको अवस्था गम्भीर छ ।
ट्याङ्कर ठोक्किएपछि तेल पोखिएको र आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् । ज्यान गुमाउने र घाइते हुनेहरू दुर्घटनाका बेला घटनास्थलमा रहेका मोटरसाइकल चालक, पैदल यात्री, सडकका व्यापारीलगायत रहेका छन् ।






