
काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (नेफिन आइसीसी)को पहिलो महाधिवेसन आज हुँदैछ ।
ललितपुरस्थित होटल हिमालयमा हुने महाधिवेसनको उद्घाटन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले गर्ने भएका छन् ।
विदेशमा रहेका नेपाली आदिवासी जनजातिहरुको यो पहिलो महाधिवेसन हो । दुई वर्षअघि काठमाडौंमै भेला आयोजना गरिएको थियो । सो भेलाले तदर्थ समिति गठन गरेको थियो ।
गत असोज ३० गते काठमाडौंमा गरिएको भेलाले मानब राना मगरको संयोजकत्वमा प्रवास समन्वय समिति गठन गरिसकेका छन् ।
सो समितिले कात्तिक ५ गते गरिने बन्दसत्रमा विधानबारे छलफल गर्नेछन् भने नयाँ कार्यसमिति समेत चयन गर्ने आयोजकले जनाएका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ, अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति –
१. संयोजकः श्री मान राना मगर
२. सहसंयोजकः श्री शिव भूजेल
३. सदस्यसचिवः श्री पासाङ शेर्पा
४. आर्थिक संयोजकः श्री विमला सेने लिम्बू
संस्थापक सदस्यहरू
५. श्री लोक चेम्जोङ, अध्यक्ष, अमेरिका
६. श्री अरूणकुमार तामाङ, अध्यक्ष, अष्ट्रेलिया
७. श्री मिङ्मार शेर्पा, अध्यक्ष, इजरायल
८. श्री पुरूसोतम सुनुवार, अध्यक्ष, कतार
९. श्री अमृत तामाङ, अध्यक्ष, कुवेत
१०. श्री वीरकाजी गुरूङ, अध्यक्ष, क्यानडा
११. श्री सञ्जीव राई, अध्यक्ष, जापान
१२. श्री युगेल तेन्डुप शेर्पा, अध्यक्ष, दक्षिण कोरिया
१३. श्री हेमबहादुर गुरूङ, अध्यक्ष, पोर्तुगल
१४. श्री झहरमान थेबे, अध्यक्ष, बहराइन
१५. श्री बाबुराजा लामा, अध्यक्ष बेल्जियम
१६. श्री भिमकुमार राई, अध्यक्ष, मकाउ
१७. श्री विपिन राई, अध्यक्ष, मलेसिया
१८. श्री विजयलक्ष्मी राई, अध्यक्ष, युएइ (दुबई)
१९. श्री कमानसिंह कर्मा पहाडी शेर्पा, अध्यक्ष युके (बेलायत)
२०. श्री खेम गुरूङ, अध्यक्ष, साउदी अरब
२१. श्री किसन राई, अध्यक्ष, हङकङ