भेरी अस्पताल नेपालगन्जकी नर्सिङ अधिकृत शीला शर्मा इन्टेग्रिटी आइकन घोषित

|

नेपालगन्ज / भेरी अस्पताल नेपालगन्जकी नर्सिङ अधिकृत शीला शर्मा इन्टेग्रिटी आइकन घोषित हुनुभएको छ । अकाउन्टबिलिटी ल्याव नेपालले देशभरीबाट मनोनयनमा परेका ३३५ जनाबाट छनौट गर्दै शर्मा इन्टेग्रिटी आइकन घोषित हुनुभएको हो ।

ल्यावले सरकारी सेवामा उत्कृष्ट सेवा प्रवाह गर्नेलाई इन्टेग्रिटी आइकन घोषित गर्दै आएको छ । कोरोना महामारीले निम्त्याएको जटिलताका बावजुत यस वर्ष अकाउन्टविलिटी ल्याब नेपालले भर्चुअल माध्यमबाट इन्टेग्रिटी आईकन २०२१ सार्वजनिक गरेको हो ।

ल्यावले सन २०१४ बाट उत्कृष्ट सरकारी कर्मचारी घोषित गर्दै आएको छ । इन्टेग्रिटी आइकन सार्वजनिक सेवामा रहेर जुनसुकै परिस्थितिमा पनि निष्ठापूर्वक जिम्मेवारी बहन गरी उदाहरण प्रस्तुत गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने र निष्ठापूर्ण समुदाय निर्माण गर्न थालिएको खुला अभियान भएको ल्यावले जनाएकाे छ ।

८ वर्ष अगाडी नेपालबाट सुरु भएको अभियान हाल विश्वका अन्य १४ मुलुकमा पुगिसकेको छ । शर्माले कोभिड महामारीमा उत्कृष्ट सेवा प्रवाह गरेको ठहरसहित इन्टेग्रिटी आइकन घोषित गरिएको ल्यावले जनाएको छ ।

उहाँसँगै भक्तपुर अस्पतालका मेसु डा सुमित्रा गौतम पनि इन्टेग्रिटी आइकन घोषित हुनुभएको छ । यो वर्ष शर्मा, गौतमसहित पाँचजना इन्टेग्रिटी आइकन घोषित हुनुभएको छ ।

२०७८ कार्तिक ३, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।