नेपालगन्जमा एक जना कोरोना संक्रमितको मृत्यु

|

नेपालगन्ज /  भेरी अस्पताल नेपालगन्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार कैलाली, लम्की चुहा नगरपालिका वडा नम्बर १० का ५७ वर्षका पुरुषको मृत्यु भएको हो ।

उनको मंगलबार अपरान्ह ५ बजेतिर उपचारका क्रममा मृत्यु भएको हो । नेपालगन्ज मेडिकल कलेजमा सोमबार पिसिआर परिक्षण गराउँदा कोरोना पुष्टी भएपछि सोही दिन भेरी अस्पतालमा उनी भर्ना भएका थिए ।

यो सँगै उपचारका लागि बाहिरी जिल्लाबाट बाँके आएका ४ सय २५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै अहिलेसम्म बाँके जिल्लाका ३ सय ३६ जनाको मृत्यु भइसकेको छ ।

२०७८ कार्तिक २, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।