काठमाडौं । सरकार र आमरण अनसनरत रुवी खानसहित धर्नामा बसेका महिलाहरुबीच सहमति भएको छ । सात दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गर्ने सहमति भएको हो ।
मानवअधिकारकर्मी मोहना अन्सारीले सहमतिबारे अहिले केहीबेरमा माइतीघर मण्डलामा पत्रकार सम्मेलनमार्फत् जानकारी दिइने बताइन् ।
नेपालगञ्जका दुई हिंसाको घटनामा प्रहरीको अनुसन्धानमा असन्तुष्टि जनाउँदै नेपालगञ्जका ११ महिलासहित १४ जना २० दिन हिँडेर न्यायको खोजीमा काठमाडौं आएका थिए । उनीहरुले माइतीघर मण्डलामा लगातार धर्ना दिइरहेका छन् ।






