टीकापुर-५ मा तटबन्ध भत्काएर कर्णाली नदीको बाढी गाउँ पस्यो

|

टीकापुर / टीकापुर नगरपालिका-५ शाहीपुरमा कर्णाली नदीको तटबन्ध भत्काएर बाढी गाउँ पसेको छ । लगातार भएको वर्षा कारण मंगलबार दिउँसो १ः३० मा कर्णाली नदी तटबन्ध भत्काएर नदी गाउँ पसेको हो ।

कर्णाली नदीमा बाढी पसेपछि टीकापुर नगरपालिकाले नदी तटीय क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । नगर प्रमुख तपेन्द्रबहादुर रावलले नदी किनारका टीकापुरका वडा नं ५,६,७, ८ र ९ का बासिन्दा सुरक्षित स्थानमा बस्न आग्रह गरेका हुन् ।

२०७८ कार्तिक २, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।