काठमाडौँ । यसवर्ष दसैँ टिकाको उत्तम साइत शुक्रबार(पर्सि) बिहान १० बजेर २ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । सो दिनदेखी कोजाग्रत पूर्णिमासम्म दुर्गाभवानीको प्रसाद लगाउन सकिने समितिका एक पदाधिकारीले जानकारी दिए।
समितिका अनुसार बिहीबार(भोली) महानवमी पर्व मनाइनेछ । विजयादशमीका दिन बिहान ८ बजेर १९ मिनेटमा घटस्थापनाका दिनदेखि पूजा आराधना गरिएकी देवीलाई विसर्जन गरिने शुभ साइत रहेको छ ।