मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु

|

मुगु । मुगुको छाँयानाथ रारा गाउँपालिका ७ पिनागाउँमा बस दुर्घटना हुँदा कम्तिमा २३ जनाको मृत्यु भएको छ । अन्य १८ जना घाइते भएका छन् । तीमध्ये केहीको अवस्था गम्भीर रहेको मुगुका डिएसपी चित्रबहादुर भट्टराईले जानकारी दिएका छन् । बस सडकबाट करिव ५ सय मिटर तल खसेको छ । अप्ठ्यारो भिरालो बाटोका कारण दुर्घटना भएको प्रहरीको प्राम्भिक अनुसन्धानले देखाएको छ ।

नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ६७ नम्बरको बस दिउँसो २ बजेतिर दुर्घटना भएको हो । घाइतेहरुलाई उद्दारगरी सदरमुकाम गमगडी पठाइएको छ । उद्दार टोली अहिले शव संकलनमा जुटिरहेको डिएसपी भट्टराईले बताएका छन् ।

२०७८ आश्विन २६, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।