हाँस्य कलाकार मनोज गजुरेल वैवाहित बन्धनमा

|

काठमाडौ । हाँस्य कलाकार मनोज गजुरेलले विवाह गरेका छन् । उनले सोमबार सामाजिक सञ्जालमार्फत् आफूले विवाह गरेको जानकारी दिएका हुन्। उनले मन्जु पोखरेलसँग विवाह गरेका हुन् । पोखरेल नेपाल सरकारको न्याय सेवाकी अधिकृत हुन्।
गजुरेलले चार वर्षअघि मिना ढकालसँग सम्बन्धविच्छेद गरेका थिए। ‘मेरा बाबु-नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनु जरुरी थियो। यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो। बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो,’उनले सामाजिक सञ्जालमा लेखेका छन्,’ यसैक्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो। बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो। एकैखालको परिवेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं।’

 

२०७८ आश्विन २५, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।