बी–ग्रुप,बाँकेको ७ औं अधिवेशन सम्पन्न, अध्यक्षमा टेक बहादुर पुन

|

नेपालगन्ज / भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) बाँकेको २२ औं साधारण सभा र ७ औं अधिवेशनबाट टेक बहादुर पुन अध्यक्ष  पदमा चयन हुनु भएको छ भने उपाध्यक्षमा मिरा खनाल सापकोटा,सचिवमा कालिका बस्नेत,कोषाध्यक्षमा नर्वदा दाहाल, सह–सचिवमा कमलराज खत्री,सदस्यहरुमा रिताकुमारी शाही, डा. इन्द्रबहादुर भण्डारी चयन भएका छन् ।

प्रतिनिधी सभा संघीय सचिवालयका सचिव गोपाल नाथ योगीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा गैरसरकारी संस्था महासंघ जिल्ला शाखा बाँकेका अध्यक्ष नमस्कार शाह, नेपालगन्ज उप–महानगरपालिका वडा नं. १ का अध्यक्ष प्रमोद रिजाल, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका सहायक क्याम्पस प्रमुख डा. इन्द्रबहादुर भण्डारीको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी अतिथीहरुले संस्थाले लक्षित समुदायको सशक्तिकरण र स्रोतमा पहुच विकास गर्न पुरयाएको योगदान, संस्थागत शुसाशन र कोभिड–१९ को महामारीले पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न तथा संक्रमणको फैलावटलाई रोकथाम गर्न बाँके र बर्दिया जिल्लामा पुरयाएको योगदानलाई उच्च मूल्याङ्कन गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गरेका थिए ।

 

२०७८ आश्विन २३, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।