प्रविधियुक्त “द रोयल युनिसेक्स सलुन” आजबाट न्युरोडबाट सन्चालन

|

नेपालगन्ज । बाँके नेपालगन्जको न्युरोडमा “द रोयल युनिसेक्स सलुन” आज बाट सन्चालन भएको छ । ब्युटिसियन मन्जु चन्द र पासाङ्ग नोर्बु शेर्पाले आफ्नो ब्यवसायलाई नयाँ ढङ्गबाट सुरुवात गरेका छन् । बाँके नेपालगन्जको न्युरोडमा “द रोयल युनिसेक्स सलुन” आज बाट नयाँ स्वरुपमा सञ्चालनमा ल्याएका छन् । असोज २१ गते अथवा घटस्थापना दिवसको अवसर पारेर व्युटिपार्लर तथा सलुनको उद्घाटन गरिएको छ ।

प्रभारी महात्मा राप्ती भेरी क्षेत्र आश्रम लुम्बिनी प्रदेशका प्रमुख महात्मा सरयु बाईजीले रिबन काटेर सो सलुनको उद्घाटन गर्नु भयो । साथै उहाँले ब्यवसायको शुभकामना समेत ब्यक्त गर्नु भयो । द रोयल युनिसेक्स सलुन’ मा ब्युटिपार्लर सम्बन्धि सम्पूर्ण सुविधा, जेन्स, लेडिज सैलुन तथा ट्रेनीङ सेन्टर समेत उपलब्ध भएको उक्त पसल अत्याधुनिक प्रबिधियुक्त गुणस्तरीय सिस्टममा व्युटिपार्लर नेपालगन्जमा भित्राएको र लेडिज सम्बन्धि विभिन्न ब्रान्डका ब्युटिसियन सामानहरु समेत रहेको प्रोपाईटर मन्जु चन्द र पासाङ्ग नोर्बु शेर्पाले जानकारी दिए ।

दशै र तिहारको सो विशेष अफर र सुलभ हुने ब्युटिसियन मन्जु चन्दले बताएकी छिन । आगमी दिनहरुमा अझ विशेष नयाँ अफर भने प्रबिधियुक्त मेसिनबाट नङ्गमा पलिस तथा आई प्रो माइक्रो सेडिङ डिजाइन समेत रहेको बताइएको छ ।

२०७८ आश्विन २१, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।