खृष्टिना विक बनिन् जानकी गाउँपालिकाको एक दिनका लागि महिला तथा बालबालिका शाखा प्रमुख

|

जानकी (बाँके) /  डिजिटल पुस्ताःहाम्रो पुस्ता मुल नाराको साथ मनाईएको अन्तर्राष्ट्रिय बालिका दिवशको अवशरमा बाँकेको जानकी गाउँपालिकामा १९ वर्षीेया किशोरी खृष्टिना विक एक दिनका लागि महिला तथा बालबालिका शाखा प्रमुख भएकी छन् । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा प्लान इन्टरनेशनल नेपाल र स्याक नेपाल बाँके, हामी दाजु भाई लगायत संस्थाले संयुक्त रुपमा आयोजना गरेको गल्र्स टेकओभर कार्यक्रम अन्तर्गत सृजनशिल किशोरी क्लबकी अध्यक्ष समेत रहेकी विकलाई जानकी गाउँपालिका महिला तथा बालबालिका शाखाका प्रमुख कल्पना गाहाले बुधबार एक दिनका लागि प्रमुख पद हस्तान्तरण गरेकी हुन् ।

बिकले गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख हैसियतमा अनलाइनबाट हुने किशोरी हिंसाका विषयमा गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख कल्पना गाहा, शिक्षा शाखाका अयोध्या यादव, पत्रकार सोम गुरुङ्ग र टेक बहादुर सुनारसंग बृहत छलफल गरिन् । उनले साइबर क्राइमबारे गाउँपालिकाका सामुदायिक, मदरसा र नीजि विद्यालयमा साप्ताहिक रुपमा साइबर क्राइम र त्यसले पार्ने प्रभावबारे साप्ताहिक रुपमा भिडियो प्रदर्शन गर्ने, विद्यालय व्यवस्थापन समितिले मासिक रुपमा अभिभावक भेला डाकेर इन्टरनेटको प्रयोग र दुरुपयोगबारे सन्तानसँग जानकारी लिनुपर्ने निर्णय पनि गरिन् ।

महिला तथा बालबालिका शाखा प्रमुख कल्पना गाहाले खृष्टिना विकले किशोर किशोरीका समस्याबारे निर्धक्क रुपमा पालिकाको टिमसँग छलफल गरेको भन्दै प्रशंशा गरिन् । ‘साइबर अपराधबाट किशोरीलाई कसरी जोगाउन सकिन्छ भन्नेबारे गाउँपालिकामा कुनै नीतिगत व्यवस्था तथा कार्यक्रम नभएको प्रखुख गाहा बताउनुहुन्छ । अब ‘नीति र कानुन बनाएर सोसल मिडियाबाट किशोरीहरुमाथि हुने हिंसा रोक्ने भन्ने बारे छलफल गर्ने सचेतनामुलक विद्यालय तहमा सन्चालन गर्ने बताउनुभयो । बुधबार नै खजुरा गाउँपालिकामा सविता गुरुङ्गले उपाध्यक्ष र मंगलबार बैजनाथ गाउँपालिकामा अनु रावतले गाउँपालिकाको एक दिनका लागि महिला तथा बालबालिका शाखा प्रमुखको भूमिका निर्वाह गरेका थिए ।

२०७८ आश्विन २०, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।