बढैयातालका अति विपन्न २५० परिवारलाई खाद्यान्न तथा सरसफाई सामग्री वितरण

|

बढैयाताल(बर्दिया) / अष्ट्रेलियन एडको सहयोगमा केयर नेपालको साझेदारीमा भेरी वातावरणीय विशिष्टता समुह(बी ग्रुप) बाट सञ्चालित कोभिड १९ आपतकालीन प्रतिकार्य र पुनर्लाभ परियोजना मार्फत बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका भित्रका कोभिड–१९ प्रभावित अति विपन्न परिवारहरुलाई खाद्यान्न तथा सरसफाई सामग्री वितरण गरिएको छ । मंगलबार देखि सुरु भएको सो खाद्यान्न वितरण कार्यक्रम आज अन्तिम दिन वडा नम्बर १ र २ का ६६ जना अति विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ ।

सो कार्यक्रम अन्तर्गत बढैयाताल गाउँपालिका भित्रका कोभिड–१९ बाट प्रभावित २५० धरधुरीले भ्यालु भौचर मार्फत रु १०,१९५ बराबरको खाद्यान्न तथा सरसफाइ सामाग्री प्राप्त गरेका छन् । आइ एम ई सँगको सहकार्यमा डिजिटल भ्यालु भौचर तयार गरी प्रत्येक लाभग्राहीले भ्यालु भौचर मार्फत सामग्री प्राप्त गर्ने व्यवस्था मिलाइएको बी–ग्रुपका निर्देशक डम्मर सुनारले जानकारी दिनुभयो । लाभग्राहीहरुले १० हजार १ सय ९५ बराबरको दाल, चामल, नुन, तेल, साबुन, सरफ लगायतका विभिन्न १६ ओटा खाद्यान्न तथा सरसफाई सामग्री प्राप्त गरेका छन् । आज बढैयाताल गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष शेर बहादुर थापा र वडा नं.२ का वडा अध्यक्ष काजिमान सुनारले लाभग्राहीलाई सामाग्री वितरण गर्नुभएको थियो ।

सो कार्यक्रममा बोल्नु हुदै अध्यक्षद्धय थापा र सुनारले सबै कोभिड प्रभावित घरघुरीलाई दशै नजिकै आएको अवस्थामा सहयोग हुदाँ विपन्न परिवारलाई यो सहयोग प्याकेजले ठूलो राहत पुगेको बताउनु भयो । त्यसै गरि बी–ग्रुपका कार्यक्रम संयोजक दुर्गा पन्थीले बढैयातालमा अति विपन्न र कोभिड प्रभावित परिवारहरुलाई पालिकाको सिफारिसमा पहिलो पटक खाद्यान्न सामाग्री वितरण गरिएको जानकारी दिनुभयो । सो कार्यक्रममा केयर नेपालका मानवीय सहायता कार्यक्रम ब्यवस्थापक केशव भट्ट, जिविकोपार्जन कार्यक्रम ब्यवस्थापक जिवनाथ शर्माको पनि सहभागिता रहेको थियो । सो कार्यक्रममा फिल्ड अशरफ अन्सारीले खाद्यान्न सामाग्री वितरण गर्न सहजीकरण गर्नु भएको थियो ।

२०७८ आश्विन १७, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।